न्यूनतम साझा कार्यक्रम टुंगाे लगाउन कार्यदलको बैठक बस्दै

डिसी नेपाल
२० साउन २०७८ ८:३५
84
Shares

काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रम टुङ्गो लगाउन सत्तारूढ गठबन्धन कार्यदलको बैठक आज बस्दै छ। कार्यदलले साझा कार्यक्रमलाई अन्तिम रुप दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गर्ने बताइएको छ।

मंगलबार बसेको कार्यदलका बैठकले अधिकांश विषय तयार पारेको र आज बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिने कार्यदलका एक सदस्यले जानकारी दिए।

पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *