स्वास्थ्यमन्त्री बन्ने गगन थापाको इच्छा !

डिसी नेपाल
२० साउन २०७८ १२:०३
2.0k
Shares

काठमाडौं। नेपाली कांग्रेसका युवा  नेता गगन कुमार थापाले पुनः स्वास्थ्यमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्। बुधबार भरतपुर विमास्थलमा पत्रकारसँग कुरा गर्दैै थापाले निर्णय प्रधानमन्त्रीको हातमा रहेको बताए।

‘प्रधानमन्त्रीलाई फ्रि ह्याण्ड भएर काम गर्न दिनु पर्छ,’ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका नेता थापाले भने, ‘संसदमै बस भने पनि ठिक छ, सरकारमै आएर काम गर भने पनि काम गरिन्छ।’

गठबन्धनको सरकार भएका कारण आफूले मन्त्री बन्नका लागि दबाव नदिएको थापाको भनाइ छ। उनले न्यूनतम साझा कार्यक्रम आएपछि केही दिन भित्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरे।

पार्टीको महाधिवेशन भने सार्न नहुने थापाको भनाइ छ। थापाले भने, ‘महाधिवेशन सार्नु हुदैन। सदस्यता विवाद देखाएर मधाधिवेशन सार्नु पर्ने आवश्यक्ता छैन। बरु केहीदिन तलमाथि हुनसक्छ। महाधिवेशन नभए पार्टी नै असफल हुन्छ। यो असफलता सामुहिक हुन्छ।’

भूमि आयोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकर्ता भर्ना गरेका कारण खारेज गर्नु परेको थापाको तर्क छ। थापाले भारतीय सुरक्षाकर्मीले तुइन काटेर महाकालीमा भएको घटनाको अनुसन्धान गर्न सरकार डराउन नहुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *