नेप्सेले कायम गर्यो अल टाइम हाई रेकर्ड
काठमाडौं। साताको कारोबारोको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से १२. ०२ अंकले बढेको छ। यो सँगै नेप्से ३१२३.१५ विन्दुमा गएर बन्द भएको छ। यो सेयर बजार इतिहासको सबैभन्दा उच्च विन्दु हो। यसअघि मंगलबार मात्रै सेयर बजार परिसूचकले सर्वाधिक उचाईको कीर्तिमान कायम गरेको थियो। उक्त विन्दुलाई उछिन्दै नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
बुधबार कुल २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५९ करोड बढी रकमको कारोबार भएको छ।
यस दिन माथिल्लो तामाकोसी, कालिका पावर, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रो, युनियन लाइफ इन्स्योरेन्स, अपि पावर, घलेम्दी हाइड्रोपावरको मूल्य ठिक १० प्रतिशतले बढेको छ।
बजार बढे पनि ङादी गुरुप पावरको मूल्य ५ प्रतिशतले घटेको छ।
यस दिन सबैभन्दा धेरै अपि पावर कम्पनीको ७९ करोड ५० लाख बराबरको सेयर खरिदबिक्री भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment