त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको अवैध सुन गौशलाबाट बरामद

डिसी नेपाल
२० साउन २०७८ २०:२८

काठमाडौं। प्रहरीले काठमाडौंको गौशलाबाट करिब २ किलो सहित तीन जनालाई पक्राउ गरेको छ। सिल्भर रङको पेन्ट दलेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन प्रहरीले गौशलाको एक गेष्ट हाउसबाट बरामद गरेको हो।

महानगरीय अपराध महाशाखाले सिल्भर रङको पेन्ट दलेको अवस्थामा १ किलो ८६६ ग्राम सुन बरामद गरेको हो। पक्राउ पर्नेहरुमा भारत राजस्थान नागौर छोटिखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही ठाउँका २८ वर्षीय अब्दु सतार र २४ वर्षीय प्यार मोहम्मद रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए।

उनीहरुलाई बुधबार सिनामंगलस्थित मिर्चैया मल्हनिया गेस्ट हाउसको कोठा नम्बर २०२ बाट प्रहरीले पक्राउ गरेको कोेइरालाले बताए। उनीहरु बसेको कोठा खानतलासी गर्दा सुटेकशभित्र लुकाएर राखेको अवस्थामा सुन फेला परेको थियो।

प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ १ लाख ५ हजार ५ सय पनि बरामद गरेको छ। अनुसन्धानका क्रममा वैदेशिक रोजगारीबाट नेपाल फर्कने व्यक्तिलाई प्रयोग गरी उनीहरुले सुन ल्याउन लगाएको पाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *