मुख्यमन्त्रीद्वारा सडक उद्घाटन

डिसी नेपाल
२० साउन २०७८ २२:३९

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जिल्लाको सित्खा, गोगनपानी, धुलेबेँसी, भदौरे, भोटनागी पक्की सडकखण्डको आज उद्घाटन गरेका छन् ।

सो अवसरमा प्रदेश सरकारले सिङ्गो प्रदेशको विकास, समृद्धि, परिवर्तन र जनताको हितका लागि द्रुत गतिमा काम गरिरहेको उनले बताए । कोरोना भाइरस कोभिड–१९ महामारी र ठेकेदारको बदमासीका बीचमा पनि प्रदेश सरकारले धेरै राम्रा काम गरेको उनको दाबी छ ।

कार्यक्रममा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले रामेछापमा प्रदेश सरकारले अहिलेसम्म १५० किलोमिटर सडक कालोपत्रे गरिसकेको र थप १५० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *