मुख्यमन्त्रीको निवासमा आफूलाई बन्धक बनाइएकाे लुम्बिनीकी सांसदकाे आरोप

डिसी नेपाल
२१ साउन २०७८ १३:५२
400
Shares

काठमाडौं। लुम्बिनी प्रदेशकी सांसद विमला वली खत्रीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाएकी छिन्। पत्रकार सम्मेलन गरेर उनले साउन १६ गतेदेखि २० गतेसम्म बन्धक बनाएको आरोप लगाएकी छिन्।

‘म अस्पताल जान तयार भएकी थिएँ,’ सांसद खत्रिले भनेकी छिन्, ‘मलाई नेपालगञ्ज भनेर बुटवल ल्याइयो। सिधै मुख्यमन्त्री निवासमा पुर्‍याएर मलाई बन्धक बनाइयो। अमिलिया आएर खाना खाएपछि नेपालगञ्जको साटो बुटवल पुर्‍याइएको थियो।’

केही दिन अघिमात्र एमालेमा छु भनेर बाहिरिएको कुरा झुटो भएको वलीको भनाइ छ। वलीले मुख्यमन्त्रीसँग भेट गरेपछि पनि आफूलाइ एमालेमा आउन दबाब दिइएको बताएकी छिन्।

उनले आफू २० गते पौने १२ बजे ट्वाइलेटको चप्पल लगाएर भाग्दै नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको प्रतिक्रिया दिएकी छिन्।

‘एमालेबाट यस्तो अराजनैतिक काम होला भन्ने चिताएको पनि थिएँन।’ उनले भनिन्, ‘राजनीतिक र सरकारको खेलमा पहिलो पटक मैले यस्तो अवस्था  ब्यहाेर्नु परेको हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *