अनुचित फाइदा उठाउन खोज्दा प्रेमिकाले घरबाट निकालिदिएपछि झ्यालबाट छिर्न खोज्दा…

डिसी नेपाल
२१ साउन २०७८ १५:२२

काठमाडौं। पूर्वप्रेमिकाबाट अनुचित फाइदा उठाउन खोज्दा पूर्वप्रेमिकाले घरबाट निकालिदिएका एक युवक झ्यालबाट पूर्वप्रेमिकाको घरभित्र छिर्न खोज्दा त्यहीँ अड्किए । उनलाई अचेत अवस्थामा उद्धार गरिएको छ । अधिकारीहरुका अनुसार समयमै उद्धार नगरिएको भए उनको ज्यान नै जान सक्थ्यो ।

स्थानीय मिडियाका अनुसार युक्रेनको खेर्सन क्षेत्रमा यी युवक र उनकी पूर्व प्रेमिका साथमा बसेर पिइरहेका थिए । यही क्रममा युवकले पूर्वप्रेमिकालाई मन नपर्ने गरी फाइदा उठाउन खोजे । महिलालाई उनको व्यवहार चित्त नबुझेपछि उनले विरोध गरिन् । यही क्रममा उनीहरुको झगडा भयो । झगडा भएपछि महिलाले युवकलाई निस्केर जान भनिन् तर ती युवक नाइँ भन्ने जवाफ सुन्न नै चाहँदैनथे ।

महिलाले घरबाट निकालिदिएपछि उनी झ्यालको साँघुरो ठाउँबाट भित्र छिर्नै खोजेका थिए तर झ्यालमै अड्किए । यो देखेपछि आत्तिएकी महिलाले तत्कालै पुलिसलाई खबर गरिन् । सूचनापछि घटनास्थलमा पुलिस आउँदा युवकको शरीरको आधा भाग भित्र र आधा भाग बाहिर झुण्डिएको थियो । उनी बेहोस थिए र निकै मुस्किलले सास फेरिरहेका थिए । घटनास्थल आएका स्वास्थ्यकर्मीले ती युवक झण्डै मरेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *