हराएको मोटरसाइकलसहित २ जना प्रहरी नियन्त्रणमा – Dcnepal

हराएको मोटरसाइकलसहित २ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ । काठमाडौं टोखा नगरपालिका धनेश्‍वरबाट हराएको प्रदेश ३(०२(००२ प ४८०३ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई विहिबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगडी गाउँपालिका ४ घर भई हाल काठमाडौं बनस्थलि बस्ने वर्ष २४ का संजय तामाङ्ग र जिल्ला नुवाकोट तादी गाउँपालिका ६ घर भई हाल काठमाडौं तारकेश्‍वर ६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ् रहेका छन् ।

यी दुवैलाई ट्राफिक प्रहरीले काठमाण्डौ तारकेश्‍वर ६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सी.सी.को पल्सार मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेलापारी चेक जाँच गरी बुझ्दा उक्त च्यासिस तथा ईन्जिन नम्बर भएको मोटरसाईकलको वास्तविक नं. प्रदेश ३(०२(००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालित गरी निरन्तर सुचना संकलन र निग्रानी पश्चात नम्बर परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

उक्त मोटरसाइकल यही श्रावण १३ गते टोखा नगरपालिका धनेश्‍वरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि रसुवा नौकुण्ड गाउँपालिका ६ घर भएका बर्ष २१ को राममान तामाङ्गले निवेदन महाशाखामा दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, महाराजगंजमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो