थप ३ हजार ९३७ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु

डिसी नेपाल
२१ साउन २०७८ १६:४६

काठमाडौं । गत २४ घण्टामा नेपालमा १८ हजार ४०८ जनाको परीक्षण गर्दा ३ हजार ९३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १२ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ८७० पीसीआर परीक्षण गर्दा ३ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ६ हजार ५३८ परीक्षण गर्दा ९३१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ३७ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ । हाल सक्रिय संक्रमित ३४ हजार ४२२ जना रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *