प्रधानमन्त्री देउवालाई भेटेर नेपाल टेलिभिजनका अध्यक्ष विष्टले दिए राजीनामा

डिसी नेपाल
२१ साउन २०७८ १९:५०

काठमाडौं। नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन्। विहीबार उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै राजीनामा बुझाएका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफूले राजीनामा बुझाएको पत्रसमेत सार्वजनिक गरेका छन्।

विष्ट करिब ३८ महिना अघि अध्यक्ष नियुक्त भएका थिए। ओली सरकारको पालामा अध्यक्ष नियुक्त भएका उनले ओली सरकार विस्थापित भएर देउवा सरकार आएसँगै पदबाट राजीनामा दिएका हुन्। विष्टले आफ्नो कार्यकालमा टेलिभिजनका विभिन्न क्षेत्रीय च्यानलहरु शुरु गरेको, व्यापार बढाएको, नयाँ प्रोजेक्ट शुरु गरेको जस्ता उपलब्धि भएको दावी गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *