देउवाको ‘प्रोपागाण्डा’ भिडियोमा विश्वप्रकाशकाे टिप्पणी : काम गरे जनताले नै बनाउँछन् भिडियो

डिसी नेपाल
२१ साउन २०७८ २२:०६

काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ‘मलाई शेरबहादुर मनपर्छ किनभने ..’ भन्दै देउवाको स्तुतिगान गरिएको भिडियो देउवाको सचिवलायले सार्वजनिक गरिरहेको छ। हालसम्म देउवाको सचिवलायबाट यसप्रकारका तीनवटा भिडियोहरु सार्वजनिक भएका छन्।

देउवाको स्तुतिगान गरिएका भिडियोहरु देउवाकै सचिवलायबाट सार्वजनिक गरिएपछि देउवाको आलोचना शुरु भएको छ। खिसिट्यरीसमेत गरिएको छ। यही विषयमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उनले ट्वीटरमा यी भिडियोबारे प्रतिक्रिया दिँदै यो काम गर्नेबेला भएको बताएका छन्। उनले लेखेका छन्, ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो। उहाँलाई सही सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैले बनाउने छन् भिडियो। नत्र पार्टीले बनाउला। पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ। प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएको छु। जय नेपाल !’

देउवाको भिडियोलाई व्यंग्य गर्दै विहीबार चिकित्सक डा. रामेश कोइरालाले पनि एक भिडियो बनाएका छन्। जुन भिडियो भाइरल भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *