पवित्रा सिटौला उप्रेती समाज सेवाद्वारा ५ लाख राशीको पुरस्कार कोष स्थापना

डिसी नेपाल
२१ साउन २०७८ २३:१२

काठमाडौं । झापाकी पवित्रा सिटौला उप्रेतीको स्मृतिमा उनका भाइ तुलसीप्रसाद उप्रेतीले ५ लाख राशीको पुरस्कार कोष स्थापना गरेका छन् ।
दुर्गादाश उप्रेतीकी नातिनी धर्मानन्द उप्रेती तथा कौशल्या उप्रेतीकी सुपुत्री स्वर्गिय पवित्रा सिटौला उप्रेतीले आफ्नो जीवनकालमा सधैं नै सामाजिक सेवालाई आफ्नो जीवनको मूल उद्देश्य बनाई सक्रिय रहँदै आएकी थिइन् । उनकै ईच्छा अनुसार उनका भाइ तुलसी प्रसाद उप्रेतीले उक्त पुरस्कार कोषको लागि पाँच लाख एक रुपैया बराबरको अक्षयकोष स्थापना गरेका हुन् । हाल उक्त कोषको संरक्षक तुलसी प्रसाद उप्रेती नै हुन् ।

संरक्षक उप्रेतीका अनुसार जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, महिलाको हक हितमा विशेष योगदान पुर्‍याउने व्यक्ति र संघसंस्थालाई वार्षिक रुपमा २५ हजार रुपैयाँ राशीको ‘पवित्रा सिटौला उप्रेती समाजसेवा पुरस्कार’ प्रदान गर्न उक्त पुरस्कार कोष स्थापना गरिएको हो ।

उक्त कोषको व्यवस्थापन विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले गर्ने छ । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र विगत एघार वर्षदेखि अटिजम भएका बालबालिकाहरूको सेवामा समर्पित छ ।

झापा घैलाडुब्बाकी स्व. पवित्राले समाजसेवाको क्षेत्रमा काम गर्दै आएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *