शुक्रबार कुन कुन ठाउँमा हुँदैछ भारी वर्षा, सतर्क रहन माैसम पूर्वानुमान महाशाखाकाे आग्रह
काठमाडौं । देशका विभिन्न स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दैनिक बुलेटिनमार्फत महाशाखाले सतर्क रहन समेत आग्रह गरेको छ।
महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’
महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको र देशभर सामान्यदेखि पूर्ण बदली रहेको बताएको छ।
शुक्रबार प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमा महाशाखाले जनाएको छ।
यस्तै आज राती पनि शभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ।
आज प्रदेश १ मा २६ देखि ३६ डिग्री सेल्सियससम्म तापक्रम रहने छ। यस्तै प्रदेश २ मा ३५ देखि ३७, बाग्मतीमा २८ देखि ३०, गण्डकीमा ३३ देखि ३५, लुम्बिनीमा ३२ देखि ३७, कर्णालीमा २४ देखि ३३ र सुदूरपश्चिम प्रदेशमा ३३ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment