कोभिशिल्डको दोस्रो डोज कुरेकालाई २५ गतेबाट अस्ट्राजेनेका लगाइने

डिसी नेपाल
२२ साउन २०७८ १६:२२
3.8k
Shares

काठमाडौं। कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन कुरेर बसेकाहरुले यही साउन २५ गतेबाट अस्ट्राजेनेकाको खोप लगाउन पाउने भएका छन्। गत चैतमै कोभिशिल्डको पहिलो खोप लगाएकाहरुले दोस्रो डोज लगाउन पाएका छैनन्।

भारतबाट किनेर दोस्रो डोज कोभिशिल्ड खोप दिने तयारी भइरहेका बेला भारतले सो खोप उपलब्ध नगारएपछि ६५ वर्षभन्दा माथिको ज्येष्ठ नागरिकले दोस्रो डोजको खोप लगाउन पाएनन्। उनीहरुलाई अब कोभिशिल्डकै फर्मुलामा बनेको अस्ट्राजेनेका खोप लगाउने तयारीमा सरकार लागेको हो।

भुटानबाट ३ लाख डोज अस्ट्राजेनेका शुक्रबार नेपाल आइसेको छ भने शनिबार र आइतबार जापानबाट थप ८ लाख अस्ट्राजेनेका खोप आउँदैछ। केही दिनपछि जापानबाट थप ८ लाख डोज अस्ट्राजेनेका खोप आउने निश्चित छ। यसरी खोप आउने निश्चित भएपछि सरकारले कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज अस्ट्राजेनेका लगाउने कार्यक्रम तय गरेको हो।

यता शुक्रबारदेखि नै भेरोसेलको दोस्रो डोज अभियान पनि जारी छ। सरकारले २५ देखि ३२ गतेसम्मलाई खोप सप्ताहका रुपमा मनाउने बताइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *