एमालेको केन्द्रीय कमिटीद्वारा अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित
काठमाडौं । नेकपा(एमाले)को आज सम्पन्न केन्द्रीय कमिटीको ११ औँ बैठकले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ । प्रस्तावित विधानमा केन्द्रीय कमिटीको अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशन हलबाट तथा केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कमिटीबाट निर्वाचित गर्ने प्रावधान राखिएको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।
एमालेले २३ शीर्षकमा विधान संशोधन प्रस्ताव तयार गर्दै तल्ला कमिटीमा पठाउने निर्णय गरेको छ । बैठकले केन्द्रीय कमिटीको संख्या वृद्धि गर्ने र पदाधिकारीको संख्या हेरफेर गर्ने प्रस्ताव गरेको छ ।
यस प्रकारको प्रावधान मातहतका कमिटीमा पनि लागू हुनेछ । पत्रकारको प्रश्नमा प्रवक्ता ज्ञवालीले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललगायत नेताहरूलाई पार्टी गतिविधिमा फर्कन जतिबेला पनि ढोका खुला रहेको तर पार्टीका नियमित गतिविधिलाई अनन्तकालसम्म रोकेर पर्खन नसकिने स्पष्ट गरे । यस अघि आजै स्थायी कमिटीको बैठक सम्पन्न भएको थियो ।
विधान महाधिवेशन भदौ २७ र २८ गते
एमालेले विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
बैठकले स्थायी कमिटीको प्रस्तावअनुसार विधान महाधिवेशनको मिति तय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । एमालेले एक कार्यकालमा दुई (नीति र नेतृत्वको)महाधिवेशन गर्ने नीतिगत व्यवस्था गरेको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment