जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

डिसी नेपाल
३० साउन २०७८ २२:२८

डोटी । उपेक्षित समुदाय सशक्तीकरण तथा विकास मञ्चले जिल्ला अस्पताललाई रु चार लाख ९१ हजार ५१६ को स्वास्थ्य सामग्री प्रदान गरेको छ । संस्थाका अध्यक्ष बिष्ना सिंहले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

अस्पताललाई उपलब्ध गराइएका स्वास्थ्य सामग्रीमा आठ थान अक्सिजन सिलिण्डर र रेगुलेटर, १५ थान अक्सिमिटर, १०० थान पीपीइ सेटलगायत रहेका छन् । आर्थिक पुनरुत्थान परियोजनाअन्तर्गत उक्त स्वास्थ्य सामग्री सहयोग गरिएको मञ्चका कार्यक्रम संयोजक भक्तराज उपाध्यायले जानकारी दिनुभयो । प्राप्त स्वास्थ्य सामग्रीको सही सदुपयोग हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले विश्वास दिलाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *