अध्यादेशबाट राजकाज चलाउने नसाेच्न प्रधानमन्त्रीलाई डा. कोइरालाको चेतावनी

डिसी नेपाल
१ भदौ २०७८ १५:४१
776
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले   अध्यादेशबाट शासन चलाउने साेच  भए समर्थन गर्न नसकिने चेतावनी दिएका छन्।

सरकारले मंगलबार राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि नेता कोइरालाले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रिया देखाउनुपर्नेमा त्यसमा प्रधानमन्त्री चुकेको टिप्पणी गरे।

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै डा. कोइरालाले यस्तो काग्रेसको संस्कार नभएको बताएका हुन्।

उनले लेखेका छन्, ‘सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न। सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो। यो चुक प्रधानमन्त्रीबाट भयो। यो कांग्रेसको संस्कार होइन।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *