थप ३२ सयमा कोरोना पुष्टि, २७ जनाको मृत्यु

डिसी नेपाल
१ भदौ २०७८ १७:३९

काठमाडौं । मंगलबार नेपालमा ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ५६५ पीसीआर र ६ हजार १२४ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ४५६ र ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १४ हजार १२७ पुगेको छ । जसमध्ये ६ लाख ८७ हजार ६९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २७ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार ३५४ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *