यूएनडीपीसँगको सहकार्यमा पर्यटन बोर्डद्वारा दिगो पर्यटन परियोजना सुरु

डिसी नेपाल
३ भदौ २०७८ १३:५५

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरेको छ । पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्ने उद्देश्यले सो परियोजना सुरु गरिएको हो ।

विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्याईने परियोजनाको लक्ष्य छ । दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा यूएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिने जनाइएको छ ।

त्यस्तै, बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य लिएको छ । परियोजनाको कार्यक्रम अनुरुप पर्यटन बोेर्ड, (जिविकोपार्जन पुनःउत्थानका लागि दियो पर्यटन परियोजना (एसटीएलआरपी) र नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) बीच बुधबार सम्झौता भएको छ ।

सम्झौता अनुसार नाटाले महामारीले रोजगारी गुमाएका साढे ५ सयभन्दा बढि पर्यटन मजदुरलाई प्रतिव्यक्ति १२ दिनका दरले अल्पकालीन रोजागारी प्रदान गर्ने छ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले कोभिड १९ को महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले ती मजदुरको लागि छोटो अवधीको भएपनि रोजगारीको अवसर सिर्जना गर्नेे बताए ।

‘कोभिड–१९ बाट पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको अवस्था छ । यस क्षेत्रका मजदु्हरूले रोजगारी गुमाएका छन् । यसबाट मजदुरले केही दिनको भएपनि काम पाउँछन, अर्कोतर्फ पर्यटकीय स्थान र पर्यटकीय गन्तव्यहरूको मर्मत संहार तथा सरसफाई हुनेछ । जसले गर्दा हाम्रा सम्पदाहरुलाई जीवन्त राख्न पनि सहयोग पुग्ने छ ।’, उनले भने ।

कार्यकारी प्रमुख डा.रेग्मीले परियोजनाले क्रमशःअन्य क्षेत्रहरूसँग पनि सम्झौता गर्दै कार्यक्रम अघि बढाइने जानकारी दिए । उनले मजदुरहरुले काम गरेपछि सिधै आफ्नो खातामा रकम पाउने गरी पारदर्शी ढंगले कार्यक्रमको कार्यान्वयन हुने समेत बताए ।

त्यस्तै, नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) का अध्यक्ष अच्युत गुरागाँईले कोभिड महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस पयिरयोजनाले पर्यटन मजदुरका लागि थोरै भएपनि राहत प्रदान गर्ने बताउँदै नाटाले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिने बताए।

परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ्ग) गरिने नदी, ट्रेकिङ्ग ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूमा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय संयोजक मणिराज लामिछानेले जानकारी दिए।

‘हिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित एक हजार ६ सय  जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मत सम्भारलगायतका कार्यमा संलग्न गराई ४० दिन बराबरको रोजगारी प्रदान गरिने संयोजक लामिछानेले जानकारी दिए।

यसैगरी परियोजना अन्तर्गत बोर्ड र नेपाल एशोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा) बीच मंगलवार राफ्टिङ्ग क्षेत्रका २ सय मजदुरलाई काम दिने सम्झौता भएको छ। सम्झौता अनुरुप नाराले कोभिड १९ को महामारीले रोवजगारी गुमाएका करिब २ सय  मजदुरलाई प्रतिव्यक्ति कम्तीमा १२ दिनको रोजगारी दिने छ ।

सम्झौता अनरूप नाराले आफ्नो मातहतका २ सय जना मजदुरलाई त्रिशुली, भोटेकोशी, कर्णाली, सेती र कालिगण्डकी नदीमा जलयात्रा गरिने क्षेत्रमा पूर्वाधार मर्मत संहार तथा सरसफाई लगायतका काम गरिने नाराका अध्यक्ष गंगाप्रसाद नेपालले जानकारी दिए। उनले पर्यटकीय गतिविधि शुन्यप्रायः रहको अवस्थामा यो कार्यक्रमले केहीसम्म भएपनी पर्यटन मजुदरलाई राहत प्रदान गर्ने बताए। उनले अहिले वर्षायाम भएको र नदीमा जलप्रवाह बढिरहेकोले असोज १ गतेबाट मजदुरलाई काममा लगाइने जानकारी दिए।

यसैबीच परियोजनाले काठमाण्डौको किर्तीपुर, भक्तपुरको चाँगुनारायण, मकवानपरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखरढुङगा एक एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरी जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरिसकेको छ । आउँदा दिनका क्रमशः अन्य स्थानीयतअ तथा संघ संस्थाहरुसँग सम्झौता गर्दै काम अगाडि बढाइने परियोजनाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *