‘पुनःसुरु गरौ पर्यटन’को दोस्रो अभियान सम्पन्न

डिसी नेपाल
७ भदौ २०७८ १५:३९

काठमाडौं । निटोगले गत साउन ३० गते काठमाण्डौबाट उत्तरतर्फ रहेको शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जभित्र पर्ने एक दिने मार्गबाट ‘पुनः सुरु गरौ पर्यटन अभियान’ गरेको थियो । कोभिड १९ का कारण लामो समयदेखि ठप्प रहेको पर्यटन उद्योगमा तथा श्रमिकहरुको जनजीवनमा सहजता ल्याउनको लागि यो अभियानको गरेको निटोगका अध्यक्ष राम काजी प्रयासले बताए । उक्त अभियानलाई निरन्तरता दिदै निटोगले यहि भाद्र ५ गते दोस्रो अभियान सम्पन्न गरेको छ ।

बिहान ९ः४५ बजे गोल्ढुङ्गाको फुलबारी प्रवेशद्धारबाट शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज भित्र प्रवेश गरी सो अभियान सुरु गरिएको थियो । अभियान समुद्र सतहबाट २१ सय मिटरको उचाईमा रहेको जामाचो गुम्बा डाँडामा पुगेर सोहि बाटो पुनः फुलबारी प्रवेशद्वार फर्किएको थियो ।

‘पुनः सुरु गरौ पर्यटन’ दोस्रो दिनको अभियानकर्ता निटोगले जामाचोमा डन्ट किल टुरिजम एण्ड वोर्करस, वि निड वर्क फर लाइभ, रेस्पेक्ट आओर स्किल एण्ड नलेज, जो मोर क्वारेन्टाइन, रिजुम टुरिजम रिजुम आओर लिभिङ्ग जस्ता नारा सहितको पोस्टरहरु प्रदर्शन गरेको थियो ।

यस्तो नारासहितको पोस्टरहरु प्रदर्शन अभियानले आम श्रमिकहरुलाई जनचेतना जगाउँदै नेपाल सरकार, पर्यटन मन्त्रालय, विभाग वा पर्यटन बोर्ड जस्ता निकायहरुको ध्यानार्कषण गराउन खोजेको निटोगले जनाएको छ ।

अभियानमा फरक फरक विचारधारा बोकेका विभिन्न साथीहरु जोडिएको कारण पनि अभियान सफल हुने युनिट्राभ केन्द्रिय समिति सदस्य किरण तिम्सेनाले बताए । लगभग छ घण्टामा सकिएको सो अभियानमा किरण तिम्सेना, पदयात्रा नेपाल लगायतको ऐक्यबद्धता सहितको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *