बुबा र श्रीमतीकाे हत्या अभियाेगमा धनुषामा एक जना पक्राउ
काठमाडौं। धनुषामा एक व्यक्तिले आफ्नै बुबा र श्रीमतिको हत्या गरेको खुलेको छ। प्रहरीले हत्या गरेको आरोपमा धनुषाको मिथिला विहारी नगरपालिका–५ ललिया टोलका भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
धनुषा प्रहरीका अनुसार उनले ५५ वर्षीय बुबा रामवृक्ष र ३५ वर्षकी श्रीमती अमरिका देवीको हत्या गरेका हुन्। उनले बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध भएका कारण हत्या गरेको प्रहरीसामु स्वीकार गरेका छन्।
सोमबार राति ससुरा बुहारीकै हत्या गरेर घर पछाडिको झाडीमा खाल्डो खनेर गाडेका थिए। प्रहरीले मंगलबार विहान शवको उत्खनन् समेत गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment