कण्डम नभएपछि गुप्तांगमा फेविक्विक लगाएर शारीरिक सम्बन्ध राख्दा युवकको मृत्यु

डिसी नेपाल
१० भदौ २०७८ १३:२७

काठमाडौं। गर्लफ्रेण्डसँग शारीरिक सम्बन्ध राख्ने बेला आफूसँग कण्डम नभएपछि एक युवकले गुप्तांगमा फेविक्विक लगाएर शारीरिक सम्बन्ध राख्ने प्रयास गर्दा उनको मृत्यु भएको छ । भारतको गुजरातको अहमदाबाद शहरमा २५ वर्षका सलमान नामका यी युवकको मृत्यु भएपछि पुलिसले उनको मेडिकल जाँच गराउँदा यसको खुलासा भएको हो ।

यी युवकको गुप्तांगमा एक किसिमको चिपचिपे पदार्थ पाइएको थियो । डाक्टरहरुले गुप्तांगमा लगाइएको यो पदार्थ नै उनको मृत्युको कारण हुन सक्ने बताएका छन् । पुलिसले विस्तृतमा जाँच गराउँदा यस्तो घटनाको खुलासा भयो जसले सबै आश्चर्यमा परे । पुलिसलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएअनुसार यी युवक आफ्नी गर्लफ्रेण्डसँग होटलमा गएका थिए । यी दुवै जना ड्रग्स लिने बानी भएका थिए ।

यी दुईले होटलमा गएर ड्रग्स लिएपछि शारीरिक सम्बन्ध राख्ने योजना बनाएका थिए । शारीरिक सम्बन्धको ठिक अगाडि मात्र उनीहरुले बाहिरबाट आउँदा कण्डम नल्याएको थाहा पाए । युवती गर्बवती हुनबाट बच्नको लागि असुरक्षित सम्बन्ध चाहँदैनथिन् । यस्तोमा सलकानले आफ्नो गुप्तांगमा फेविक्विक लगाए ताकि वीर्य लिक नहोस् । तर यो गल्ती उनको लागि निकै भारी पर्यो ।

पुलिसका अनुसार भोलिपल्ट यी युवक बेहोस अवस्थामा भेटिएका थिए । उनका एक साथीले उनलाई घर लिएर गएका थिए । मातापिता उनको ड्रग्स लिने बानीबारे जानकार थिए त्यसैले उनीहरुलाई सलमान ड्रग्सका कारण बेहोस भएको भन्ने लाग्यो । तर, लामो समयसम्म उनलाई होस नआएपछि परिवारले उनलाई अस्पताल लिएर गए । अस्पतालमा मल्टिपल अर्गन फेलियरका कारण उनको मृत्यु भयो ।

पुलिसका अनुसार नशा गर्नेहरु कहिलेकाहीँ वाइटनरसँग फेविक्विकको पनि प्रयोग गर्छन् । सम्भवतः यही कारण त्यतिबेला सलमानसँग फेविक्विक थियो । यसको गलत प्रयोगको मूल्य उनले ज्यान दिएर चुकाउनुपर्यो । पुलिसले अब उनको भिसेरा रिपोर्टको प्रतिक्षा गरिरहेको छ । त्यसपछि मात्र उनको मृत्युको प्रस्ट कारण थाहा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *