देउवालाई भारतीय दवाव, कुनै चमत्कारको पर्खाइमा देउवा

मदन कोइराला
११ भदौ २०७८ ७:४५

काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाल नेपालका राजनीतिक पार्टीहरु र तिनका शीर्ष नेताहरुलाई नेपालबारे भारतीय इच्छा र चासो बुझाउन काठमाडौं आई चलखेल गरेकै अवस्थामा दुई कम्युनिष्ट नेताहरु र तिनले नेतृत्व गरेका पार्टीहरुबीच एकता अव सम्भव होला? भन्ने प्रश्नले एकाएक राजनीतिक बृत्तमा रौनक ल्याएको छ।

नेकपा एमाले विभाजित भएर माधव नेपालको समूह अलग भई नेकपा (एकीकृत समाजवादी) औपचारिक रुपमा दर्ता भएसँगै अब माधव नेपालको यो पार्टी र प्रचण्डको नेकपा माओवादी केन्द्रबीच पहिला हल्ला गरिएजस्तो एकता अव होला कि नहोला? भन्ने प्रश्नप्रति चासो बढेको हो। केही समयअघि माधव नेपाल पक्षका एक नेता मेटमणि चौधरीले ४ महिनाभित्र प्रचण्डसँग एकता गर्ने र अर्को निर्वाचनमा देशकै ठूलो पार्टी बन्ने घोषणा गरेका थिए।

गत आम निर्वाचनमा दुई तिहाइ निकटको पार्टी बन्न सफल भएको केपी शर्मा ओली नेतृत्वको नेकपालाई जसरी पनि विभाजित गर्ने एकसूत्रीय एजेण्डाका साथमा भारतीय जासुसहरु समेतको सक्रिय भूमिका थियो।

किनकि ठूलो शक्तिले भारतीय चासो र चिन्ताभन्दा पनि मुलुकको हित बढी हेर्ने खतरा भारतलाई परेको थियो। त्यसैकारण तत्कालीन नेकपाभित्र अनेक खेलहरु प्रायोजित थिए र सबै शीर्ष नेताहरु एक वा अर्को कोणबाट त्यही भारतीय स्वार्थपूर्तिका गोटी बन्दै एकअर्काप्रति असहिष्णु बन्दै गए।

मिल्लान् प्रचण्ड र नेपाल ?

३ वर्षअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेकपा गठन हुँदा माधव नेपाललाई प्रचण्ड स्वयंले कर्नरमा पारेका थिए। पार्टीका दुई अध्यक्षहरु केपी ओली र प्रचण्ड मिलेर माधव नेपाललाई कर्नरमा पारेका थिए।

एकताका बेला ओली र प्रचण्डपछि तेस्रो बरियतामा माधव नेपाल रहने भनिए पनि ओली र प्रचण्ड मिलेर नेपालको बरिष्ठ नेताको पदसमेत खोसेर चौथो बरियतामा राखिएका झलनाथ खनाललाई अगाडि तानेका थिए।

तर, तत्कालीन एमालेको समूहभित्र पनि आफ्नो गतिलो उपस्थिति खोजिरहेका प्रचण्डका सामु केपी ओली सजिलै जित्न सकिने किल्ला भएनन्। उनको स्वास्थ्यमा पनि सुधार आएपछि ओलीलाई सत्ताबाट हटाएर पार्टी र सरकार दुबैतिरको सत्ता हत्याउने प्रचण्डको दाउ पूरा हुन सकेन।

एमाले विभाजित बनाउने कुरामा प्रचण्डको सबैभन्दा ठूलो भूमिका छ। एमाले अहिले विभाजित भएको हो तर यसको बीउ प्रचण्डमार्फत एउटै पार्टीमा छँदै रोपिएको थियो। जुन शक्तिले नेपालको कम्युनिष्ट शक्तिलाई छिन्न भिन्न पार्ने रणनीति बनाएको थियो त्यसैको सफलतामा प्रचण्डको प्रयासले ठूलो योगदान पुर्‍यायाे

प्रचण्ड क्रमश: ओलीसँग टाढिँदै जान थाले भने पार्टी एकत गरेकै आधारमा प्रचण्डलाई सत्ता सुम्पन ओली तयार थिएनन्। ओलीले पार्टी र सरकार दुवैतिर आफ्नो एक्लो नेतृत्व कायम राख्दै दुवैतिर हावी हुन खोजे त्यसैले प्रचण्डले माधव नेपालको साथ खोजेका थिए।

पहिले पार्टीमा दुई अध्यक्ष मिलेर माधव नेपाललाई पाखा पार्ने, माधव नेपालका मान्छेभन्दा पनि प्रचण्डका मान्छेलाई भागवण्डा दिने काम भइरहेका बेला एक्कासि ओलीलाई छोडेर प्रचण्ड माधव नेपालतिर लागे र ओलीलाई एक्ल्याउन थाले।

प्रचण्ड र नेपाल मिलेर ओलीलाई कमजोर पार्दै सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमतमा पार्ने काम भयो। यही बीचमा अदालतले नेकपाको एकता बदर गर्नै एमाले र माओवादी ब्युँताइदियो। तर, प्रचण्डले रोपेको विभाजनको बीउ एमालेभित्र पछिसम्म मौलाउँदै गयो र अन्ततः नेकपा एमाले नै विभाजित बन्यो।

एमाले विभाजित बनाउने कुरामा प्रचण्डको सबैभन्दा ठूलो भूमिका छ। एमाले अहिले विभाजित भएको हो तर यसको बीउ प्रचण्डमार्फत एउटै पार्टीमा छँदै रोपिएको थियो। जुन शक्तिले नेपालको कम्युनिष्ट शक्तिलाई छिन्न भिन्न पार्ने रणनीति बनाएको थियो त्यसैको सफलतामा प्रचण्डको प्रयासले ठूलो योगदान पुर्‍यायो।

प्रचण्डमार्फत रोपेको त्यही बीउ मौलाउँदै गएर अहिले औपचारिक रुपमा पार्टी विभाजन भएको हो। अब माधव नेपाल एमालेबाट औपचारिक रुपमा अलग भइसकेपछि प्रचण्डसँग मिल्न सक्छन् कि सक्दैनन्? अहिले यो राजनीतिक वृत्तमा प्रमुख चासोको विषय बनेको छ।

पहिले नेकपामा छँदै ओलीविरुद्ध मोर्चाबन्दी गर्ने क्रममा पनि नेपाल र प्रचण्डको मिलाप राम्रै देखिन्थ्यो। यसलाई आधार मान्ने हो भने नेपाल र प्रचण्ड मिल्न सक्छन् भन्ने मान्न सकिन्छ। तर, एक ढिक्का भएको नेपालको कम्युनिस्ट पार्टीलाई तीन टुक्रा पार्ने काममा जुन शक्तिको हात थियो त्यो शक्तिले यी दुईलाई एक हुन दिन्छ कि दिन्न भन्ने प्रश्न महत्वपूर्ण हुन्छ।

जुन शक्तिले पहिले नेकपालाई विभाजित बनायो, त्यसपछि एमालेलाई पनि विभाजित बनायो, त्यो शक्ति नेपालका कम्युनिस्ट पार्टीहरुबीच एकता गराउन चाहँदैन। त्यो शक्ति नेपालका कम्युनिष्ट पार्टीहरुलाई छिन्नभिन्न गराएर उनीहरु विभाजित अवस्थामा रहेकै बेला चाँडो चुनाव गराएर उनीहरुलाई सकेसम्म सानो दल बनाउने चाहन्छ।

नेपालका कम्युनिष्ट पार्टीहरुका कार्यकर्ताहरुमा भारतविरोधी भावना धेरै हुनु र यसको परिणाम कालान्तरमा चीनलाई फाइदा पुग्न सक्ने विश्लेषण गरेर अगाडि बढिरहेको भारतले नेपालका कम्युनिष्ट शक्ति बलियो भए नेपालमा चीनको प्रभाव बढ्छ भन्ने ठान्छ। यो उसको लागि क्षेत्रीय प्रभावका हिसाबले घातक हुने भएकोले उसले नेपालमा चीनको प्रभाव बढ्न सक्छ भन्ने सम्भावनालाई बेलैमा रोक्न चाहन्छ।

देउवालाई परेको अप्ठेरो

भारत जसरी हुन्छ नेपालका कम्युनिष्टहरुलाई छिन्नभिन्न बनाएर निर्वाचन गराउने र कम्युनिस्ट पार्टीहरुलाई सानो हैसियतमा पुर्याएर आफू अनुकूल सरकार बनाउन चाहन्छ। उसको यो रणनीतिमा देउवा वाधक भए देउवालाई समेत अप्ठेरोमा पार्न भारत पछि हट्ने छैन।

केही दिनअघि भारतीय जनता पार्टीका नेता विजय चौथाइवाल नेपाल आएर केही नेताहरुसँग भेटघाट गरेका थिए। यो पनि भारतकै त्यही रणनीतिको एक हिस्सा हो। जसले प्रधानमन्त्री देउवालाई चर्को दवाव परेको छ। कम्युनिष्टहरुलाई एक हुन नदिई चुनावमा जानका लागि देउवाले अहिलेको संसद विघटन गर्नुपर्ने हुन्छ।

र , विघटन गर्न उनलाई भारतको तीब्र दवाव छ। संसद विघटन गरेर चुनावमा जाँदा कम्युनिष्टहरुका धेरै टुक्राहरुमा मतदाता बाँडिने हुँदा नेपाली कांग्रेसलाई चुनाव जित्न सजिलो हुने लोभ देउवालाई देखाइएको छ।

संसद विघटन गरेर चुनावमा जाँदा कम्युनिष्टहरुका धेरै टुक्राहरुमा मतदाता बाँडिने हुँदा नेपाली कांग्रेसलाई चुनाव जित्न सजिलो हुने लोभ देउवालाई देखाइएको छ। तर, देउवाका लागि अप्ठेरो के छ भने आफूलाई कुनै सम्भावना नै नभएको अवस्थामा पार्टी तोडफोड गरेरै भए पनि प्रधानमन्त्री बनाई सत्तामा पुर्याइदिने शक्तिहरु प्रचण्ड र माधव नेपाललाई उनले धोखा दिनु पर्ने हुन्छ।

तर, देउवाका लागि अप्ठेरो के छ भने आफूलाई कुनै सम्भावना नै नभएको अवस्थामा पार्टी तोडफोड गरेरै भए पनि प्रधानमन्त्री बनाई सत्तामा पुर्याइदिने शक्तिहरु प्रचण्ड र माधव नेपाललाई उनले धोखा दिनु पर्ने हुन्छ।

देउवाले अहिले धोखा दिए भावी दिनहरुमा कांग्रेससंगको सहकार्य समाप्त हुने खतरा रहन्छ। तर फेरि केही समयको ढिलाइले कम्युनिस्टहरुबीच एकताको वातावरण सृजना गर्न सक्छ जसलाई भारतले रोक्न चाहिरहेको छ। र, देउवालाई समेत आगामी चुनावमा चुनौती थप हुनसक्छ।

देउवालाई आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व पनि फेरि आफैंले सम्हाल्नु पर्ने छ। तर, त्यसका लागि भारत एउटा महत्वपूर्ण फ्याक्टर बनेर प्रकट भएको छ। देउवासमूहमै विग्रह गराइदिएर उनलाई हराइदिनसक्ने सम्भावनाको त्रासमा छन् यतिवेला देउवा।

त्यसैले अहिले भारतको डिजाइनअनुसार प्रतिनिधि सभा विघटन गरेर चुनाबमा जाने कि महाधिवेशनमा पराजय नै भोगे पनि तयार हुने तर आफूलाई प्रधानमन्त्री बनाउन सबैथोक त्यागेका प्रचण्ड र माधव नेपालको संसदलाई पूर्ण कार्यकाल काम गर्न दिने एजेण्डालाई साथ दिने भन्ने चर्को राजनीतिक दुविधामा देउवा परेका छन्।

अदालतले कुनै चमत्कारिक निर्णय गरिदेओस् र आफूले होइन, अदालतले यस्तै गरिदियो म के गरुँ संसद भंग गर्न बाध्य भएँ भन्न पाइयोस् भन्नेतिर पनि देउवाको सोचाइ पुग्ने गरेको बालुवाटार निकट स्रोतको दावी छ।

अहिले देउवा यसकारण पनि अप्ठेरोमा छन् किनकि उनी प्रचण्डलाई सरकारबाट निकाल्न पनि सक्दैनन् र माधव नेपाल र प्रचण्ड मिलुन् भन्ने पनि उनको चाहना छैन। यो धर्मसंटकमा देउवाले संसदलाई वली दिए भने अन्यथा नमाने हुने अवस्थाको सृजना भएको छ।

त्यसका लागि वातावरण बनाइदिने कस्ले त? भन्ने प्रश्न पनि छ। यदि विगतमा अदालतमा विचाराधिन एउटा सानो मुद्धाको कारण नेकपा अबैध भयो त्यस्तै गरी कुनै प्रकरणमा अदालतको मद्धतको आशा छन् देउवा।

अदालतले कुनै चमत्कारिक निर्णय गरिदेओस् र आफूले होइन, अदालतले यस्तै गरिदियो म के गरुँ संसद भंग गर्न बाध्य भएँ भन्न पाइयोस् भन्नेतिर पनि देउवाको सोचाइ पुग्ने गरेको बालुवाटार निकट स्रोतको दावी छ।

किनकि देउवलाई सत्ता पनि चाहिएको छ र पार्टी सभापति पनि चाहिएको छ। त्यसका लागि भारतीय समर्थन सबैभन्दा ठूलो हो भन्ने कुरा देउवाले बुझेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *