दार्चुलाका स्थानीय तहको लेखापरीक्षण दुई वर्षदेखि भएन

डिसी नेपाल
११ भदौ २०७८ ७:४१

दार्चुला । दार्चुलाका नौ वटै स्थानीय तहको दुई वर्षदेखि लेखापरीक्षण हुन सकेको छैन।

महालेखापरीक्षकको कार्यालयको टोली लेखापरीक्षणका लागि दार्चुला नपुग्दा जिल्लाभरका स्थानीय तहको दुई वर्षसम्मको लेखापरीक्षण हुन नसकेको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिए।

९ वटै स्थानीय तहको आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण बक्यौता रहेको महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनले देखाएको छ। लेखापरीक्षण ऐन २०७५ को दफा २० अनुसार स्थानीय तहको लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयबाट गराउनुपर्ने व्यवस्था छ।

लेखापरीक्षणको लागत श्रेस्ता पेस नभएको तथा कोभिड(१९ को कारण स्थलगत लेखापरीक्षणमा असहज भएकाले दार्चुलाका ९ वटै स्थानीय तह सहित देशैभरका ५९ वटा स्थानीय तहको लेखापरीक्षण हुन बाँकी छ।

कोरोना महामारीका कारण लगातार दुईवटा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षण गर्न बाँकी रहेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय भुर्तेलले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *