दाजुको हत्या अभियोगमा भाइ र भतिजा पक्राउ

डिसी नेपाल
११ भदौ २०७८ ९:२१

खोटाङ । खोटाङमा हत्या अभियोगमा भाइ र भतिजा पक्राउ परेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका ३३ वर्षीय गिरिराज थापाको हत्या अभियोगमा उनकै सहोदर भाइ २३ वर्षका नारायण थापा र भतिजा १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार साँझ मुढेबाट घर फर्कने क्रममा भोटे पिपलको रुखमा भैंसी बाँध्ने नाइलनको डोरीले घाँटीमा बाँधेर हत्या गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटनामा प्रयोग गरिएको डोरीसहित पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षकी सागर शाहले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *