मोटरसाइकल चोरी कसुरमा युवक पक्राउ

डिसी नेपाल
१२ भदौ २०७८ ९:१८

ताप्लेजुङ । मोटरसाइकल चोरी कसुरमा ताप्लेजुङका एक युवक परेका छन्। पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका-५ पापुङ बस्ने पासाङ तेम्वा शेर्पा रहेका छन्।

फुङ्लिङ नगरपालिका-४ शान्ति टोल बस्ने लक्ष्मी पौडेलको मे ९ प ८२१० को पल्सर मोटरसाइकल गत २८ चैतमा चोरी भएको थियो। उनले त्यसको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा निवेदन दिएकी थिइन् ।

शेर्पा शुक्रबार मोटरसाइकल सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिए।

मोटरसाइकल मेरिङदेन गाउँपालिका-६ नाल्वो लुकाई राखेको अवस्थामा फेला परेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *