२० वर्षकी केटीको फोटो देखाएर ४५ वर्षकी महिलासँग बिहे गराइदिन खोज्दा…

डिसी नेपाल
१२ भदौ २०७८ १३:३०

काठमाडौं। बिहे गर्नको लागि कुरा चलाउँदा केहुलालाई २० वर्षकी केटीको फोटो देखाइएको थियो तर बिहे गर्ने क्रममा मण्डपमा ४५ वर्षकी महिला बेहुली बनेर आएपछि बेहुला मण्डपबाटै भागेका छन् । युवकलाई २० वर्षकी केटीको फोटो देखाएर कुरा चलाउँदा उनले बिहे गर्न स्वीकार गरेका थिए तर मण्डपमा २ छोराछोरीकी आमालाई ल्याइएपछि बेहुला भागेर सिधै पुलिस स्टेशन गएर उजुरी दर्ता गराएका छन् ।

भारतको उत्तर प्रदेशको इटावाका शत्रुघ्न सिंह नामका युवकसँग यसरी धोका भएको भारतीय मिडियाले जनाएका छन् । दलालले उनलाई २० वर्षकी केटीको फोटो देखाएर उनीसँग बिहे गराइदिने भन्दै ३५ हजार रुपैयाँ पनि लिएका थिए । तर, बिहेको दिन मन्दिर पुगेका युवकले आफ्नो बिहे ४५ वर्षकी महिलासँग गराउन लागेको थाहा पाए । महिला २ छोराछोरीकी आमा भएको बताइयो । यो थाहा पाएपछि शत्रुघ्नले बिहे गर्न अस्वीकार गरे ।

दलालहरुले उनलाई धम्क्याउने र कुटपिटको प्रयास पनि गरेका थिए तर शत्रुघ्न भागेर पुलिस स्टेशन पुगे । पुलिस स्टेशन पुगेका शत्रुघ्नको उजुरीका आधारमा केस दर्ता गरिएको र दोषीहरुलाई उचित कारवाही गरिने इटावाका एसपी सिटी कपिल देव सिंहले बताएका छन् । आरोपीहरुलाई पक्राउ गरियो वा फरार छन् भन्ने विषयमा स्पष्ट बताइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *