बुद्ध एयरको कार्गो सेवामा थप सुविधा

डिसी नेपाल
१३ भदौ २०७८ २१:२६

 

काठमाडौं । बुद्ध एयरले आफ्ना कार्गेा सेवामा थप सुविधा प्रदान गरेको छ । कम्पनिले कार्गो सेवा विस्तारका लागि उपाय डट कमसँग सम्झौता गरी घरबाटै कार्गो बुझ्ने र डेलिभरी गर्ने बताएको छ ।

यस सेवा अन्तर्गत शुरुवातमा काठमाडौं, भैरहवा, पोखरा शहरहरुमा घरबाटै कार्गो बुझिलिने र डेलिभरि गर्ने पनि कम्पनिले विज्ञप्ति मार्फत जनाएको छ ।

यो सेवा उपायडटकमको मोबोइल एपमा उपलब्ध छ । मोबाइल एपबाट सजिलै कार्गो संकलनका लागि बोलाउन सकिन्छ । यसमा के कत्ति चार्ज लाग्ने हो अग्रिम नै जानकारी हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *