कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेद्वारी घोषणा
फाइल तस्विर
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेस काठमाडौं–३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । थापाले आफ्नै वडाबाट उम्मेदवारी घोषणा गरेका हुन्।
थापाले आफूले यसपालि सफलता पाउने विश्वास पनि व्यक्त गरे । इन्दारितापूर्वक प्रयत्न गरेर सम्भव भएसम्म सर्वसम्मत बनाउन प्रयत्न गर्ने उनको भनाइ थियो ।
१३ औं महाधिवेशनमा पनि थापाले महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए । पोहोर दाङबाट उम्मेदवारी घोषणा गर्दा चुकेको थापाको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment