बिहेको केही दिनअघि ब्वायफ्रेण्डले दिए धोका, ब्वायफ्रेण्ड र बेस्ट फ्रेण्डसँग यसरी लिइन् बदला

डिसी नेपाल
१४ भदौ २०७८ १४:२१

काठमाडौं। भनिन्छ साथीहरुसँग हामी मनको कुरा बाँड्न सक्छौं । साथीहरुबीच अटुट विश्वास हुन्छ । यही कारण जब यी साथीले धोका दिन्छन् त्यसपछि मन भाँचिन्छ । एक युवतीसँग यस्तै भयो । उनको बिहे हुने दिन आउनै लाग्दा आफ्ना ब्वायफ्रेण्ड र आफ्नी मिल्ने साथीबीच सम्बन्ध भएको थाहा पाइन् । उनी निराश थिइन् तर उनले हार मानिनन् । बेस्ट फ्रेण्ड र ब्वायफ्रेण्डसँग बदला लिन उनले यस्तो योजना बनाइन् जुन भाइरल भइरहेको छ ।

डेली मिररका अनुसार अमेरिकाकी गहना बनाउने काम गर्ने युवती लिभ पोर्टिलोले टिकटकमा एक भिडियो क्लिप शेयर गरेकी छिन् । यो क्लिपमा उनले बताएअनुसार ती युवतीले धोका पाइसकेपछि पोर्टिलोलाई एउटा रिभेन्ज नेकलेस बनाउने अर्डर दिएकी थिइन् । यो नेकलेस उनले आफ्नी बेस्ट फ्रेण्डलाई जन्मदिनमा उपहार दिइन् ।

ती युवतीले नेकलेसमा ‘मेरो जुठो राख’ लेख्न लगाएकी थिइन् । भाइरल क्लिपमा पोर्टिलोले युवतीले पठाएको सन्देश शेयर गरेकी छिन् । युवतीको बदला लिने यो तरिकाबारे थाहा पाएर मानिसहरु अचम्ममा परेका छन् । यो भाइरल क्लिपलाई १.२ मिलियनभन्दा धेरै पटक हेरिसकिएको छ । भाइरल क्लिपमा प्रतिक्रिया दिनेहरुले ती युवतीका ब्वायफ्रेण्डको प्रतिक्रिया देख्न उत्सुकता व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *