कांग्रेसका केन्द्रीय सदस्यहरुले वडाबाटै प्रतिनिधि बन्नु पर्ने : १५ औं महाधिवेशनमा ६५ बर्ष कटेकाले उम्मेदवार हुन नपाउने व्यवस्था गर्न दवाव

डिसी नेपाल
१५ भदौ २०७८ २२:३४

धनकुटा । भेडेटारमा मंगलवार सम्पन्न भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको प्रदेश स्तरीय दुईदिने भेलाले १५ औं महाधिवेशनबाट ६५ बर्ष काटेका नेतालाई कुनै पदमा उम्मेदवार बन्न नदिने व्यवस्था मिलाउन अनुरोध गरेको छ । साथै केन्द्रिय सदस्यहरु स्वत:  केन्द्रीय प्रतिनिधि बन्ने प्रावधानलाई हटाएर वडाबाटै निर्वाचन लडेर प्रतिनिधि हुनुपर्ने बाध्यात्मक व्यवस्था बनाउन माग गरेको छ ।

नेपाली कांग्रेसका प्रदेश नं. १ का सबै जिल्लाका जिल्ला सचिबहरु भेला भएर १३ बुँदे भेडेटार घोषणा पत्र समेत जारी गरेका छन् । विराटनगरलाई राजनीतिक शहरको उपमा दिइदै आएकोमा यसपटक सचिबहरुले भेडेटारमा घोषणा पत्र जारी गरेर पूर्वको पर्यटकीय स्थलबाट आम नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भावना बोलेको उक्त घोषणा पत्र पढ्नेहरुले बताएका छन् ।

उक्त भेलाले १४ औ. महाधिवेशनमा वडा तहदेखि केन्द्रीय तहसम्म सर्वसम्वत नेतृत्व चयन गरी एकताको सन्देश दिन नेतृत्व तहसंग माग समेत गरिएको छ । नेपाली कांग्रेसमा सर्वसम्मत ? सबैलाई आश्चर्य पार्ने गरी गरिएको यो अनुरोधले कम्तिमा पहिलो चरणमा सर्वसम्मतको पहल गर्न नेता र कार्यकर्ताहरुलाई निर्वाचन अधिकृतले अनुरोध गर्ने वातावरण भने तयार भएको छ ।

मोरंग कांग्रेसका जिल्ला सचिव नागेश कोइरालाको संयोजकत्वमा सम्पन्न भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको भेलामा सहभागी सचिवहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले स्वागत गरेका छन् । भेलामा कोइरालाले नेपाली कांग्रेसमा सर्वसम्मतिको संस्कारलाई अभियानकै रुपमा लानुपर्ने बताए । उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनलाई दृष्टिगत गरी कांग्रेसले गुट उपगुटमा नलागी पार्टीगत निर्वाचनलाई पर्वको रुपमा लिएर शक्ति सञ्चय गर्न आवश्यक रहेको बताए ।

नेपाली कांग्रेस तेह्थुमका सचिव सन्तोष सुब्बा,संखुवासभाका सचिव डम्वर वस्नेत,भोजपुरका सचिव कैशाल कुमार आले मगरले जिल्ला सचिवहरुको अनुभव आदन प्रदानले पार्टीको आगामी गतिविधिमा सचिबहरुको सक्रियता बढाउन सहयोग पुग्ने धारणा राखेका छन् । कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव प्रमे सम्वाहाम्फे,सुनसरीका सचिव सुजेन्द्र तामांङ्ग, संखुवासभाका सचिव निर्मला तामाङ्गले समेत नेपाली कांग्रेसको संगठन विस्तार र पूर्वको समग्र विकासमा संयुक्त धारणा बनाउन सहयोग पुग्ने बताए ।

सबै सचिबहरुको संयुक्त हस्ताक्षर गरी जारी गरिएको भडेटार घोषणा पत्रमा नेपाली काँग्रेसको विधानको आधारमा पार्टीलाई संवैधानिक र वैधानिक रुपले बचाएर पार्टीलाई नविन उर्जा दिन क्रियाशील सदस्यमा भएको विवादलाई पार्टीको तल्लो तहवाट सिफारिस भइआएको आधारलाई मानी समाधान गर्न भनिएको छ । साथै आसन्न १४औं महाधिवेशन निर्धारित मिति मै सम्पन्न गर्न भेलाले जोडदार माग गरेको छ ।

पहाडी जिल्लाहरुमा राज्यको सुगम पहुँच र विकास गर्न भौगालिक आधारलाई मध्यनजर गरी १ मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरुमा प्रतिनिधि सभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन घोषणापत्रमा माग गरिएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘सिंगो मुलुक कोभिड १९ वाट ग्रसित भएको र सबै नेपाली जनताले खोप समेत नपाइरहेको अवस्था रहेकोले जनताको स्वास्थ्यप्रति संवेदनशीन र जिम्मेवार भई सबैले तत्काल प्रत्येक नागरिकले खोप पाउने व्यवस्था गरियोस ।’

प्रदेश १ का सचिबहरुको भेलाले प्रदेश १ को सरकार पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनाउन पहल गर्न केन्द्रीय नेताहरुसंग माग गरेका छन् ।

१३ बुँदे घोषणा पत्रको पूर्णपाठ :

 

भेडेटारमा मंगलवार सम्पन्न भएको १ नम्वर प्रदेशका नेपाली कांग्रेसका जिल्ला सचिवहरुको प्रदेश स्तरीय दुईदिने भेलाले जारी गरेको घोषणा पत्र



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *