प्रदेशका सबै नागरिक खाेपकाे दायरामा आउँछन् : मुख्यमन्त्री केसी
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशका सबै नागरिकलाई खोपको दायरामा ल्याउने दाबी गरेका छन्।
कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटा पुगेका उनले सरकारको पहिलो बैठकले खोपको निर्णय गरेकाे र नागरिकप्रति उत्तरदायी रहेकाे बताए।
वास्तविक कृषकलाई समेट्नेगरी अनुदानका प्याकेज निर्माण हुने उनले बताए।
मन्त्री सहसराम यादवले कपिलवस्तु जिल्लामा विकासले फड्को मार्ने बताए। जिल्लामा कतिपय योजना अलपत्र रहेकोले ती योजनालाई यसै वर्ष पूरा गर्ने लक्ष्यसहित योजना अघि बढेको उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment