शिव परियारको आवाज, चिरञ्जिवी र निरूताको अभिनयमा ‘तडपी तडपी’
काठमाडौं । चर्चित गायक शिव परियारको आवाजमा रहेको ‘तड्पी तड्पी’ बजारमा आएको छ। आहा टिभीको आधिकारीक यूट्युव च्यानलमार्फत बजारमा आएको गीतमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको जीवन्त अभिनय रहेको छ।
शुवास कार्कीको शब्द संगीत रहेको उक्त गीतमा विसाल निरौलाले एरेञ्जर गरेका हुन्। लकडाउनको समयमा धेरे म्यूजिक भिडियो गरेका चिरञ्जिवीको ‘रेलको बाटो’ गीत अत्याधिक चर्चामा रहेको छ।
बिन्दास मिडिया नेटवर्कले अडियो भिडियो गरेको गीतका निर्देशन भने सिर्जन बरालले गरेका छन्। गीतमा आफ्नो श्रीमतीको अर्कैसँगको सम्बन्धका कारण चिरञ्जिवी तनावमा देखिन्छन्।
तनावमा रहेका चिरञ्जिवीले श्रीमतीको हत्या गरेर शव बोकी पुलिस स्टेसन गएको र जेल भित्र बस्दा पागल जस्तै उनी बेला बेलामा रुने र सँगसँगै हास्ने गरेको देखाइएको छ।
निर्देशक बरालले गीतमा उत्कृष्ट निर्देशन गरेका छन्। उनको निर्देशनले आफूले राम्रो अभिनय गर्न थालेको कलाकारहरुको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment