अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने पक्का

डिसी नेपाल
१७ भदौ २०७८ १४:०३
140
Shares

काठमाडौं। अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने भएको छ। सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताएका हुन्।

मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनभित्र छलफल भइरहेको भनिएका बेला अध्यक्ष नेपालले २३ भदौसम्म कसैले पनि मन्त्रिपरिषद् विस्तारबारे चुइँक्कसमेत नगर्ने बताएका हुन्।

सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने संकेत गरेका हुन्। मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन्।’

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटेका प्रचण्डलाई अध्यक्ष नेपालले भेट गरेपछि उक्त प्रतिक्रिया दिएका हुन्।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डामा कुरा मिल्न नसकेको भनिएका बेला गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *