प्रदेश दुईमा सांसद तानातान, लोसपाको पक्षमा १२ जनाले गरे सनाखत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निर्वाचन आयोगमा दर्ता भएपछि यतीबेला दुबैदलका शीर्ष नेताहरु जनकपुर केन्द्रीत भएका छन्।
निर्वाचन आयोगले नयाँ दल दर्ताको मान्यता दिएपछि यतिबेला लोसपाका नेताहरु स्थानिय जनप्रतिनिधि देखि प्रदेश सांसद फकाउन प्रदेश दुईको राजधानी जनकपुर पुगेका छन्।
२२ गतेसम्म नयाँ दल लोसपामा सनाखत गर्न निर्वाचन आयोगले सुबिधा दिएपछि यतिबेला जनकपुरमा सांसद तानातान भएको छ। लोसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा सोही प्रदेशका सांसद जितेन्द्रप्रसाद साेनलका अनुसार बिहीबारसम्म १२ सांसदले लोसपामा सनाखत गरेको बताएका छन्।
‘आजसम्म १२ सांसदले हाम्रो पार्टीमा सनाखत गरिसक्नु भएको छ,२२ गतेसम्म यो संख्या अझै बृद्धि हुने छ,’उनले भने। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर बनेको जसपाको ५५ सांसद थिए। जसमा पूर्व राजपाको २५ र समाजवादी पार्टीको ३० सांसद थिए ।
जसपाभित्र आफ्नो साख गुमेपछि ठाकुर समूहका नेताहरु एक महिना यता विभिन्न प्रशिक्षण गर्दै आएका थिए । ठाकुर समूहले नयाँ दल दर्ताको मान्यता पाएपछि भएपछि यतीबेला अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी बुधवारदेखि नै जनकपुरमा छन् । भने,जसपाका अध्यक्ष उपेन्द्र यादव बिहीबार जनकपुर पगेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment