बाढीपहिरोको उच्च जोखिममा अमलसेडी बस्ती, सुरक्षित स्थानमा सार्न माग
बाजुरा। बाजुराको बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती बाढी कटानको उच्च जोखिममा परेको छ । बुढीगंगा नदीले कटान गर्न थालेपछि बस्ती बाढी पहिरोको जोखिममा परेको हो।
अमलसेडीवासीको जमिन बुढीगंगाले वर्षेनी कटान गर्दै आएको छ। २ वर्षयता बस्ती नै जोखिममा परेको छ। बस्ती तलबाट जमिन विस्तारै कटान गर्न थालेपछि आफूहरु पूर्ण रुपमा विस्तापित हुने अवस्थामा पुगेको स्थानीय मीनबहादुर रोकायाले बताए।
उनकाअनुसार नियमित रुपमा परिरहेको वर्षाका कारण स्थानीयको खेतीयोग्य जमिन बुढीगंगा नदीले कटान गर्दै बस्तीको आँगनीसम्म पुगेको छ । स्थानीयको ३० रोपनीभन्दा बढी रहेको जमिन नदीले अहिले कटान गरेको छ। बाटो नदीले कटान गरेपछि आवतजावत गर्नसमेत समस्या भएको छ।
तलबाट नदीले विस्तारै कटान गरेपछि स्थानीयले सुरक्षित स्थानमा सार्न माग गरेका छन् । गत वर्षबाट नदीले उग्र रुप लिएर विस्थापित बनाएको स्थानीयले बताएका छन् । स्थानीय सरकारलाई गुहार गर्दा पनि कुनै वास्ता नगरेको रोकायाले गुनासो गरे ।
बडिमालिका नगरपालिका २ का वडाध्यक्ष डम्मरबहादुर महतले भने बस्ती तत्कालै सुरक्षित स्थानमा सार्नका लागि पहल गरिरहेको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment