राजर्षि विश्वविद्यालयका शिक्षक तीन सातादेखि आन्दोलनमा
जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयका शिक्षक तीन सातादेखि आन्दाेलनमा छन्। करारमा नियुक्तिको माग गर्दै आन्दाेलन थालेका उनीहरूले संघर्षका कार्यक्रम झन कडा बनाउने चेतावनी दिएका छन्।
२४ साउनबाट आन्दोलनमा रहेका शिक्षकले ८ भदौबाट पठनपाठन बन्द गरेर विश्व विद्यालयको मूल गेटमा धर्ना दिँदै आएका छन्।
विश्व विद्यालयको स्थापनाकालदेखि ‘कोर्स कन्ट्रयाक्ट’मा काम गरेका ३५ शिक्षकले करामा नियुक्ति पाउनुपर्ने माग गर्दै आएका छन् । त्यतिखेर करारमा नियुक्तिकाे आश्वासन दिइए पनि नियुक्तिको प्रक्रिया सुरु नभएकाे विश्वविद्यालयको पेपर कोर्स कन्ट्रयाक शिक्षक संघका अध्यक्ष दिलीप यादवले बताए।
विश्वविद्यालयका भिसी डा. भारत झाले विश्वविद्यालयको नियमावलीमा करारमा शिक्षक नियुक्ति गर्ने व्यवस्था नरहेको बताए।
‘विश्वविद्यालयमा पेपर कन्ट्रयाक्टमा अधिकाशं शिक्षक राख्ने चलन छ,’ उनले भने, ‘करारमा शिक्षक राख्दैनन्, नियमावलीमै नभएपछि कसरी करारमा नियुक्ति दिनु ?’
No ads found for this position

डिसी नेपाल
Facebook Comment