फिल्म ‘डाँडाको वर पीपल’को गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्वीर सार्वजनिक

डिसी नेपाल
२० भदौ २०७८ १०:३५
168
Shares

काठमाडौं। निर्देशक शोभित बस्नेतको छायांकनरत ३१ औं निर्देशकीय फिल्म ‘डाँडाको वरपीपल’को गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्वीर फिल्म युनिटले सार्वजनिक गरेको छ।

चित्लाङमा छायांकन भइरहेको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापा फिचर्ड छन्। सलोनलाई निकै फरक गेटअपमा प्रस्तुत गरिएको छ। उनले जुँगा लगाएका छन्। दसैंमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने फिल्मको गत भदौ ७ बाट छायांकन सुरु भएको थियो। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन्।

६० दिनको छायांकन सेड्युल रहेको फिल्म काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ। फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अप्सरा थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहेको छ। रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया÷एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *