एनआरएनए एनसीसी जापानको निर्वाचनबारे परराष्ट्रले माग्यो स्पष्टिकरण

डिसी नेपाल
२० भदौ २०७८ १२:०४

काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए एनसीसी) जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा स्पष्टिकरण मागेको छ ।

परराष्ट्र मन्त्रालयले चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीको अधिवेशन तोकिएको समयभन्दा ढिला गरेको, अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवरण १५ अगष्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पेश गर्नुपर्नेमा सो मितिभन्दा पछि त्यस्तो कार्य भएको जस्ता विषयमा प्रश्न उठाउँदै पाँच दिनभित्रमा सत्यतथ्यको जानकारी पठाउन एनआरएनएलाई पत्र काटेको हो ।

मन्त्रालयले काटेको पत्रमा निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी गुनासाहरू आएकाले यस विषयमा सत्यतथ्य जानकारी गराउन ५ दिनको समय दिएर एनआरएनएसँग जवाफ माग गरेको हो ।

साथै, अध्यक्ष मण्डलद्वारा गठित निर्वाचन समिक्षा समिति गठनले गत हप्ता निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको, प्रविधिको दुरुपयोग गरि ६० वटा ग्रुप मेल तयार पारी २९०४ मत मतदाताको मताधिकारको दुरुपयोग गरी खसालिएको तथ्यसहितको प्रतिवेदन बुझाएसँगै सोही प्रतिवेदनका आधारमा निर्वाचनमा अनियमितता भएको पाइएकोले एनसीसी जापानको निर्वाचनको वैधताका बारेमा प्रश्न उठेको जनाएको छ ।

जापानको निर्वाचनमा धाधली भएकोमा विश्वस्त जस्तै देखिएको परराष्ट्र मन्त्रालयले जापानमा जस्तो घटना दोहोरिन नदिनका लागि र अब हुने दशौ महाधिवेशनका पदाधिकारीको निर्वाचन स्वच्छ, धाधलीरहित, निष्पक्ष र विश्वासनीय बनाउनका लागि संघले के कस्तो व्यवस्था गरेको छ सो को समेत जानकारी गराउनका लागि निर्देशन गरिएको छ ।

दशौं अधिवेशनबाट चयन गरिएको अध्यक्ष मण्डलले निर्वाचनका सम्बन्धमा असन्तुष्ट ३० जना निर्वाचनमा पराजित उम्मेदवारहरुले उजुरी गरेपछि राजन प्रधानांगको संयोजकत्वमा निर्वाचन समिक्षा समिति गठन गरेको थियो । सो समितिले गत हप्ता ग्रुप मेलहरुको प्रयोग गरि धेरै सदस्यहरुको भोटिङ लिंक एउटै मेलमा प्राप्त गरि २९०४ मत खसालिएको पाइएकाले निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।

समितिले सार्वजनिक गरेको ३३ पेज लामो प्रतिबेदनका अनुसार मतदाताले ६० वटा ग्रुप ईमेलहरु बनाएका थिए । तिनको जाँचबुझ (ईमेल भेरिफिकेशन) गर्दा २,९७० सदस्य दर्ता गरेको देखिएको छ र तीबाट २,९०४ मत खसेको छ ।

प्रत्येक ईमेलबाट कम्तिमा एक मत खसेको छ भने कुनै कुनै एउटै ईमेलबाट ४९६ मतसम्म खसालिएको छ । छानबिन समितिले आफ्नो निष्कर्षमा भनेको छ, ‘यस्ता ग्रुप ईमेलहरु प्रयोग गरि धेरै भन्दा धेरै सदस्यहरुको भोटिङ लिंक एउटै ईमेलमा प्राप्त गरी खसालिएको २,९०४ मत स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको देखिन्छ ।

प्रतिवेदनका अनुसार जसले ग्रुप ईमेल बनाएका छन् तिनबाट ९८ प्रतिशत मत खसेको छ । मतदानकालागि प्रयोग गरिएका ६० वटा ईमेल मध्ये ५३ वटाबाट दुईभन्दा बढि पटक मतदान गरिएको छ ।

एकल ईमेल (सिङ्गल ईमेल)बाट दर्ता गरिएका ६,४२४ सदस्यहरुबाट कूल ४,८५३ मत अर्थात् ७६ प्रतिशत मत खसेको छ । रिपोर्टका अनुसार मतदाताले प्लस (+) र डट (.) प्रयोग गरेर समुहगत ईमेलहरु परिवर्तन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *