लागु औषध सहित एक पक्राउ
काठमाडाैं । बर्दियाबाट खटिएको प्रहरीले आज लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी महम्मदपुर बर्दियाबाट खटिएको प्रहरी टोलिले जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.११ स्थित बा ६८ प ५५६७ नम्बरको मोटसाईकलमा सवार जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं.९ बस्ने हरि बहादुर थापालाई पक्राउ गरेको हो । उनलाई चेकजाँच गर्दा ३ ग्राम ८०० मिलिग्राम लागु औषध (ब्राउन सुगर) फेला पारी रितपुर्बक बरामद गरी मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment