अमेरिकाको डिभी पर्यो, तर प्रहरी हिरासतमा भयो बास
काठमाडाैं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले ६ जनालाई पक्राउ परेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले नक्कली प्रमाणपत्र बनाउने र बनाउन लगाउने ३५ वर्षीय सुमित रत्न गुभाजु, ३५ वर्षीय अमरबहादुर कटुवाल, ३० वर्षीय नरेश केसी, ३३ वर्षीय लक्ष्मण पाठक, ३३ वर्षीय दीप विष्ट र २३ वर्षीय सोहिली शाही रहेका छन्।
अमेरिकाको डिभी भिसा परेको तर प्लस टु पास नभएकाले नक्कली शैक्षिक प्रमाणपत्र बनाइ अमेरिकी दूतावासमा पेस गरेको सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अमेरिकी दूतावासको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment