आईसीसीको कोषाध्यक्षमा राजन त्रिपाठीको उम्मेद्वारी घोषणा

डिसी नेपाल
२१ भदौ २०७८ ७:३१

वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को कोषाध्यक्ष पदमा अमेरिकाबाट राजन त्रिपाठीले उम्मेद्वारी घोषणा गरेका छन्।

हाल अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकसमेत रहेका त्रिपाठीले हालसम्म हासिल गरेको अनुभव, ज्ञान र सिपलाई गैरआवासीय नेपालीहरुको हक हीत र जन्मभूमिका लागि अर्पण गर्न आफू आईसीसीको कोषाध्यक्षको उम्मेद्वार बनेको बताएका छन्।

सेप्टेम्बर ५ मा अमेरिकाबाट उम्मेद्वारी घोषणा गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा उनले संसारभरि रहेका गैरआवासीय नेपाली समुदायका साझा मुद्दालाई नेपाल सरकार र विश्वभरका सम्बन्धित निकायहरुमा दह्रो आवाज उठाउन आफूले उम्मेद्वारी दिएको बताएका छन्।

उनले भनेका छन्, ‘कोषाध्यक्षका रुपमा म संस्थामा आर्थिक पारदर्शिता मेरो पहिलो एजेण्डा हुनेछ। गैरआवासीय नेपाली संघले विगतमा संचालन गरेका विभिन्न परियोजनाहरुका बारेका उठेका प्रश्नहरुबाट शिक्षा लिन हामीले चुक्नु हुंदैन भन्ने मेरो विश्वास छ । निर्णय प्रक्रियामा हुने पारदर्शिताले संस्थाको हिसाव कितावलाई पनि पारदर्शी बनाउँछ। त्यसैले संघका सबै निर्णयहरु पारदर्शी र गैरआवासीय नेपालीहरुले स्वामित्व लिनसक्ने बनाउने र यसका लागि दरिलो आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु।’

त्रिपाठी आफ्नो मातृभूमिको सिमा मिचिदा संयुक्त राष्ट्र संघको सचिवाल न्यूयोर्कसम्म पुगेर मुलुकका पक्षमा लविङ गरेको, महामारीमा नेपाली समुदायका लागि आवश्यक सहयोग जुटाउन अहोरात्र मेहनत गरेको, युवा महिलासहित सबै बर्ग, तह र तक्पालाई साझा अभियानमा समान हैसियतमा अघि बढाउन आवाज बुलन्द गरेको, असंगठितरुमा बसेका नेपाली समुदायलाई आफ्नो कार्यक्षेत्रको दायराभित्र बसेर संगठित गरेको र सामाजिक संस्थाको मूल्य मान्यताअनुसार विधिसम्मतरुपले संस्था चलाउन आवाज उठाउँदै आएको कुरालाई आफ्ना अनुभव र उपलब्धीका रुपमा व्याख्या गरेका छन्। उनले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै तल उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *