वर्ष ४०, सन्तान ६९ !
एजेन्सी। सामान्यतया दुई सन्तान जन्माउने योजना धेरै महिलाको रोजाइमा पर्छ। कतिपय आधुनिक महिला त एउटा सन्तान जन्माउन पनि झन्झट मान्छन्। तर, प्यालेस्टिनी एक महिलाले भने ६९ वटा सन्तान जन्माएकी थिइन्, त्यो पनि सानो उमेरमा। ४० वर्षमा ६९ सन्तान कसरी सम्भव भयो? धेरैलाई यस्तो कौतुहलता लाग्न सक्छ।
गाजाको अल एन समाचार संस्थाका अनुसार ती महिलाले १६ पटक जुम्ल्याहा र सात पटक तिम्ल्याहा जन्माएकी थिइन्। त्यस्तै, चारपटक चम्ल्याहा जन्माएकी थिइन् । उनी इतिहासकै सर्वाधिक उर्वर महिला थिइन्।
उनको मृत्यु पनि बच्चा जन्माउने क्रममा नै भएको थियो। सानो उमेरमा धेरै सन्तान पाउने उनी नै पहिलो महिला भने होइनन् । यसअघि रसियाली महिला भ्यासिलेभाले पनि ६९ सन्तान जन्माएको गिनिज वल्र्ड रेकर्डमा उल्लेख छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment