एनआरएनए जापानको अधिवेशनमा परराष्ट्र मन्त्रालयको चासो, पाँच दिनभित्र जवाफ दिन पत्र काटियो (पत्रसहित)

डिसी नेपाल
२१ भदौ २०७८ ११:२१

काठमाडाैं। गैरअवासिय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशनका विषयमा परराष्ट्र मन्त्रालयले चासो राखेको छ। अधिवेशनमा धाँधली भएको गुनासो आएपछि मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई स्पष्टिकरण सोधेको छ।

१७ भदौमा मन्त्रालयले लेखेको पत्रमा जापानको दशौं अधिवेशनबारे पाँच दिनभित्र जवाफ पठाउन आदेश दिइएको छ। जापानको अधिवेशनमा धाँधली भएको दाबी गर्दै जापानस्थित नेपाली राजदूतले लेखेको पत्रको आधारमा स्पष्टिकरण सोधिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका सहसचिव भरत कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा जापानको अधिवेशनबारे छानविन समितिको प्रतिवेदन मन्त्रालयलाई १५ भदौमा प्राप्त भएको उल्लेख छ।

टोकियो दूतावासले मन्त्रालयलाइ लेखेको पत्रलाई मुख्य आधार मान्दै मन्त्रालयले जापानलगायत मुलुकमा प्रविधिको दुरुपयोग भएको विषयमा सत्यतथ्य बुझेर जवाफ दिन उल्लेख गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *