सामाजसेवी तथा नर्स प्रतिमा द्वारा गत्लाङमा अक्सिजन लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण

डिसी नेपाल
२१ भदौ २०७८ २२:५१

काठमाडौं । विगत लामो समय देखि स्वस्थ्य र शिक्षित सामाज निर्माण अभियानका अभियान्त नर्स प्रतिमा लामा द्वारा गत्लाङ स्वास्थ्य चौकीमा निम्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छन ।

अक्सिजन कन्सन्ट्रेसन मेसिन १ थान, नेवुलाईजर मेसिन २ थान, हिट्टार २ थान, फोल्डिङ बेड १ थान, बेड म्याट्रिस १ थान, बेड शिड १ थान, पिलोर सिरानी १ थान र पिलो कभर १ थान हस्तान्तरण गरेकी छिन् ।

उक्त कार्यक्रम आमाछोदिङमा गाउपालिका उप प्रमुख नबिना लामा, जिल्ला समन्वय समिति सदस्य शुसिला तमाङ, वडा अध्यक्ष दावा गोम्बो तमाङ,मेगा बैंक नेपाल लिमिटेड रसुवा शाखा प्रमुख क्षोक्याल दोर्जे लामा,नेकपा एमाले आमाछोदिङमो गाउपालिका ईन्चार्ज फुर्पु सिंगी तमाङ, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रोशन तमाङ, नेपाली कंग्रेस पार्टी जिल्ला सदस्य तथा गत्लाङ सभापति अविनाश तमाङ, गत्लाङ स्वास्थ्य चौकी व्यवस्थापन समिति पुर्व अध्यक्ष म्हार लामा लगायतको गाउलेको उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा आमाछोदिङमो गाउपालिका उप प्रमुख नविना लामाले यो दुर्गम ठाँउमा टाउको दुख्ने, झाडापखालाको औषधी समेत पाउन मुस्किल ठाउमा यति धेरै महङ्गो र महत्वपुर्ण सामाग्रीहरू उपलब्ध गराएकोमा पालिकाको तर्फबाट नर्स प्रतिमाको प्रशंसा गर्दै धन्यवाद र्दिएका छन् ।

यस्तै जिल्ला समन्व समिति सदस्य शुसिला तमाङ र नेकपा एमाले फुर्पा सिंगी तमाङले नर्स प्रतिमाले विगत धेरै समय यता आमाछोदिङमा गाउपालिकाको हरेक गाउँ गाउमा गएर जनजागरण गराउने, कहिले विद्यालयका विद्यार्थीहरूलाई स्वास्थ्य चेकजाँच गरि सामग्री वितरण गरेर विद्यार्थीहरूलाई पढन प्रेरणा गराउने, कहिले आगोलागिबाट घर क्षेति भएकालाई स्वास्थ्य चेकजाँच तथा राहत वितरण गरेर गरेर पिडितको मनोवल बढाउनुका साथ साथै आमाछोदिङमो गाउपालिकाको बालक विद्यार्थी जस्को गरिबीका कारण उपचार नपाएर आँखाको ज्योति गुम्न लागेकालाई आफै उपचार गराईदिएर ज्योति बचाउनु , र दुर्गम ठाउमा अक्सिजन लगायत महत्त्वपूर्ण सामाग्री वितरण गर्नु जुन जस्ता विविध उदाहरणीय कार्यहरू गरेकाले नर्स प्रतिमा आमाछोदिङमो गाउपालिकाको लागि एउटा अभिभावक जस्तै भएको बताए।

वडा अध्यक्ष दावा गोम्बो तमाङले नर्स प्रतिमाको सहयोगको प्रशंसा गर्दै आफु भित्री मन देखि खुशी भएको बताउनु हुँदै आगमी दिनमा पनि आफ्ने वडालाई सहयोगको लागि अनुरोध गरेका छन् । सो कार्यक्रममा उपस्थिति आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरूलाई सहयोगको लागि अभार व्यक्त गर्दै सबैले सहयोगी जोडी नर्स प्रतिमा र बैंकर क्षोक्याल दोर्जे लामालाई खादा लगाएर स्वागत गरि बधाई दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *