यी हुन् आज पुरस्कृत हुने ४० निजामती कर्मचारी (सूचीसहित)

डिसी नेपाल
२२ भदौ २०७८ ७:५१
236
Shares

काठमाडौं। सरकारले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ। गोरखापत्रमा सार्वजनिक सूचना अनुसार आज निजामती कर्मचारी दिवसका अवसरमा १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ।

‘यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला परेका छैनन्। कुनै पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाएको यो लगातार पाँचौ वर्ष हो। सरकारले हरेक वर्ष २२ भदाैमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ।

दुई दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने व्यवस्था भए पनि सर्वाेत्कष्ट कर्मचारी सिफारिस गरिएको छैन।

मुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गरेको हो। समितिमा संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय र नेपाल सरकारले तोकेको नेपाल सरकारको कुनै सचिव र अवकाशप्राप्त पूर्वमुख्यसचिव हुन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *