आँखा विशेषज्ञ डा. जुनु श्रेष्ठ बनिन् डब्लुएचओको आइएपीबीको नीतिगत तहमा पुग्ने पहिलो नेपाली

डिसी नेपाल
२२ भदौ २०७८ १७:५२
148
Shares

काठमाडौँ । विश्व स्वास्थ्य संगठनको इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइडनेस(आइएपीबी)को भिजन २०२०को नीति तथा योजना म्यानेजरमा दृष्टि विशेषज्ञ डा.जुनु श्रेष्ठ नियुक्त भएकी छिन्। (आइएपीबी)मा नेपाली दृष्टि विशेषज्ञ नियुक्त भएको यो पहिलो पटक हो।

भिजन २०२० र आईएपीबीको नीति तथा योजना म्यानेजरमा श्रेष्ठ नियुक्त भएकी हुन् । आईएपीबी विश्व स्वास्थ्य संगठनको आँखा स्वास्थ्य हेर्ने विभाग हो । यसको मुख्यालयको लन्डन छ । श्रेष्ठ नेपाल दृष्टि विशेषज्ञ सङ्घका कोषाध्यक्षसमेत हुन् ।

यस्तै, उनले युके सरकारबाट चिवविङ्ग स्कोलार प्राप्त गरी अर्को प्रतिष्ठित लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्समा स्वास्थ्य नीतिका योजना तथा अर्थ (हेल्थ पोलिसी, प्लानिङ एण्ड फाइनान्स) को अध्ययन समेत हासिल गरेकी छन् । उनी २०११मा एक युवा स्वयंसेवकको रुपमा गरिबी उन्मूलनका लागि स्वास्थ्य र शिक्षा मा सक्रियरुपमा लागेकी थिइन्। तब देखि नै उनी नेपालका विभिन्न भागमा आयोजना भएका १ सय भन्दा बढी आंखा शिविरमा सक्रिय रुपमा लाग्नुको साथै आँखा सम्बन्धि जनचेतनामुलक कार्यक्रममा सक्रिय भएर लागिरहेकी छिन। नेपालमा अप्टोमेट्रीको अध्ययन गरिरहेकै बेला उनले नेपाल अप्टोमेट्री स्टुडेन्ट्स अफ सोसाइटीमा अध्यक्ष भएकी थिइन।

जूनूले आँखा अस्पतालमा अप्टोमेट्री अधिकारीको रूपमा पनि काम गरेकी छिन्। यसैबीच उनलाई समाजमा स्वास्थ्यको पहुँचमा नपुगेको मानिसहरुलाई आँखा जाँच गर्ने ठुलो चाहानाका कारण उनले फेरी त्रिविमा पब्लिक हेल्थ इन मास्टरमा अध्ययन गरिन। उनी आफ्नो पढाइसँगै हेल्थ क्याम्पहरुमा स्वास्थ्य सेवा दिन झनै सक्रिय भएर लागिन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *