काम गर्ने वातावरण नभएपछि राजीनामा दिएँः मन्त्री शाह

डिसी नेपाल
२२ भदौ २०७८ १८:०४
1.1k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । दुवै जनाले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

एमाले विभाजनपछि सरकारमा बसेर काम गर्ने वातावरण नभएपछि राजीनामा दिएको एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले बताए । एमाले विभाजनपश्चात पार्टी र पदमध्ये एउटा रोज्नुपर्ने बाध्यता रहेको बताउँदै उनले आफ्ना लागि पदभन्दा पार्टी ठूलो भएको बताए ।

विगतमा शाह र गहतराज दुबै एमालेभित्र माधवकुमार नेपालको पक्षमा थिए । केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी र प्रदेश कमिटीले गरेको निर्णयविरुद्ध शाह र गहतराज पटकपटक उभिएका थिए ।

अर्थ राज्यमन्त्री अर्चना गहतराजले आफू पदको लोभमा नलागेको बताइन् । ‘मेरो नाम नेकपा ९एस० मा जोडेर बदनाम गराउन खोजिएको थियो,’ उनले भनिन्,‘तर मैले एमालेलाई छोड्ने सोच कहिल्यै बनाइन्, अब पार्टीको नीतिअनुसार काम गर्नेछु ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *