कार्की परिवार हत्याः घरभित्रै भेटियो ४ लाख रुपैयाँ र गहना
काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको शव पोष्टमार्टमका लागि धरान पठाइएको छ।
घटनास्थलको अनुसन्धान, शव जाँच र मुचुल्का सकेर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको हो। कार्की परिवारको घरभित्रै खानतलासी गर्नेक्रममा करिव ४ लाख रुपैयाँ नगद र केही गहना फेला परेको हो।
‘घरभित्र रहेको बाकसमा चारलाख हाराहारी पैसा, नौगेडी, पोतेमा लगाएको सुनका गहनाहरु सुरक्षितसाथ देखिएको छ’, घटनास्थलमा रहेका अनुसन्धान अधिकृतले भने, ‘बाकसमा जसरी राखिएको थियो त्यस्तै देखिएको छ। तोडफोड केही देखिँदैन।’ झापामा जग्गा पास गर्ने तयारीमा रहेका कार्की परिवारको हत्या आर्थिक कारण गरिएको प्रहरीको प्रारम्भिक अनुमान थियो। तर घरमा नगद र गहना फेला परेपछि अन्य नै कारण हुनसक्ने तर्फ अनुसन्धान सोझिएको प्रहरी श्रोतले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment