वीपीको १०८औँ जन्मजयन्ती मनाइँदै

डिसी नेपाल
२४ भदौ २०७८ १०:२१

काठमाडौं । नेपाली राजनीतिका महान व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको १ सय ८ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ ।विसं १९७१ भदौ २४ गते जन्मिएका कोइराला नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्।

नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका थिए। उनको जीवन जहानियाँ राणा शासन र पन्चायती व्यवस्था विरुद्धमा संघर्ष गर्ने क्रममा जेल जीवन,प्रवासमा बसेर नै उनको जीवन बितेको थियो।

२०१५ सालको आम निर्वाचन पश्चात नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलको नेतृत्व गरेका थिए ।
जाहानिँया राणा शासन बिरुद्धको आन्दोलनमा भारतको निर्वासनमा बस्ने क्रममै नै उनले,भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिएका थिए। भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका हुन् ।

भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो।
नेपालमा प्रजातन्त्र स्थापना गर्नु नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेर जबराको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीच एकताबाट नेपाली कांग्रेस बनेपछि भएपछि विसं २००७ सालको क्रान्ति कांग्रेस र कोइरालाको नेतृत्वमा सफल भएको थियो।

विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कु पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष सुन्दरीजल बन्दीगृहमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

राजनीति संगै साहित्यमापनि योगदान दिएका कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् ।

कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा सङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मबृतान्त एवम् जीवनी संग्रह प्रकाशित छन् ।
नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्रयाएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ ।

उनको निधन विसं २०३९ साल साउन ६ गते निधन भएको थियो ।

कोइरालालाई सम्झना गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजा,कांग्रेस र कम्युनिष्टले  विपीलाई चिन्न नसकेको टिप्पणी छन्। उनले भनेका छन्,राजाले बुझ्न सकेनन् , कम्युनिस्टले चिन्न सकेनन्, कतिपय सन्दर्भमा हामी कांग्रेसजनले अनुसरण गर्न सकेनौं,नेपाल बुझ्न, विश्लेषण गर्न र निर्माण गर्न जसको दृस्टी र दर्शन आज भने साझा बाटो भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *